प्रहरी हेडक्वाटर नक्सालका थप २८ जनामा कोरोना पुष्टि

Police

काठमाडौँ ।  प्रहरी प्रधान कार्यालय, नक्सालमा थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ। संक्रमितहरू सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थप २८ जनामा संक्रमण देखिएको हो।

प्रहरी मुख्यालयमा कसरी कोरोना संक्रमण फैलियो भन्नेबारे संगठनले केही बताएको छैन।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...