कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो

Qatar 1

एजेन्सी। कतारमा कोरोना संक्रमण कम हुदै गएको छ । बिहीबार ३०७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख १० हजार ४ सय ६० जना पुगेको छ । बुधबार मात्र २४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ७ हजार १३५ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाको कारण १७१ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । हालसम्म कतारले ४ लाख ८७ हजार ४३५ जनाको कोरोनाको परीक्षण गरी सकिएको जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । इदमा दुई दिन नेपाली दूतावास बन्द हुने

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ । दूतावासले एक सूचना जारी गर्दै अगष्ट २ र ३ तारिख बन्द हुने जनाएको छ । अगष्ट ४ तारिख मंगलबारबाट कार्यालय संचालन हुने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...