दक्षिण कोरिया शक्तिशाली आँधी, छको मृत्यु

South korea typhoon 001 ojm9pmac03

दक्षिण । दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार आँधीका कारण अरू केही हराइरहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक वर्षा पनि भएको छ । देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी आएको थियो भने बाढी, पहिरोको चेतावनीसमेत दिइएको थियो ।

आँधीका कारण मृत्यु हुनेमा एकजना ७० वर्षीया महिला रहेको अधिकारीहरूले जनाएका छन् । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पोहाङमा उनलाई शक्तिशाली हावाले उडाएको थियो । अत्यधिक वर्षाका कारण भत्किएको घरले पुरिएर अर्की एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उनको घरमै सुतिरहेका बेला मृत्यु भएको गृह तथा सुरक्षा मन्त्रालयले जनाएको छ । अरूको पनि देशका विभिन्न ठाउँमा मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।

प्रभावित क्षेत्रमा ६ सयभन्दा धेरै उद्धारकर्मीहरु खटिएका छन् । उनीहरूले विपद्मा परेका नागरिकको खोजी तथा उद्धार गरिरहेका छन्। उनीहरूले कम्तीमा चारजना भग्नाबशेषमा पुरिएको अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...