कुवेतले नेपालसहित ७ देशका नागरिकलाई प्रवेशमा लगायो रोक

Kuwait 16

काठमाडौं । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । तर उडान खुले पनि नेपालसहित सात देशका नागरिकले भने कुवेत प्रवेश गर्न पाउने छैनन् ।

कुवेतको हिजोको मन्त्रिपरिषद बैठकले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

कुवेतमा बिहीबारसम्म ६५ हजार ९ सय भन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएको छ । ५६ हजार ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने ४ सय ४४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।

कुवेत खाडीको सानो देश भए पनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढिरहेको छ ।

साउन महिनाको १५ दिनमा मात्रै ८६ जनाले कुवेत जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । तर कुवेत सरकारको पछिल्लो निर्णयले उनीहरु तत्काल कुवेत जान पाउने छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...