एक महीना नपुग्दै भत्कियो १९ लाखको पर्खाल, सिमेन्ट र माटो मेयरलाई बुझाइय

Pahiro 5

काठमाडौँ । नगरपालिकाको लापरवाहीका कारण नयाँ बसपार्कमा निर्माण गरिएको पर्खाल भत्किएको भन्दै युवाहरूले भोजपुरका मेयरलाई सिमेन्ट र माटो उपहार दिएका छन्। गुणस्तरीय काम नहुँदा योजना निर्माणको लाखौं बजेट खेर गएकोमा निन्दा गर्दै उनीहरूले मेयर कैलाशकुमार आलेलाई ध्यानाकर्षण गराएका हुन्।

स्थानीयबासीको सल्लाह सुझाव विपरीत पहुँचका आधारमा उपभोक्ता समिति गठन गरी गरिखाने नाममा काम दिइएको र निर्माणको लज्जास्पद कामलाई हुबहु पास गराउने जनप्रतिनिधि, प्राविधिक र कर्मचारीको गैरजिम्मेवारपूर्ण कार्यप्रति सचेत युवाको हिसाबले खबरदारी गरिएको स्थानीय अगुवा युवा प्रकाशसिं राईले बताए।

भत्किएको पर्खाल तत्काल पुनर्निर्माण गर्न, उपभोक्ता समिति, प्राविधक र संलग्‍न सबैलाई कारवाही गर्न माग गर्दै पर्खालमा प्रयोग गरिएको सिमेन्ट र माटो उपहार स्वरूप नगर प्रमुखलाई दिइएको अर्का युवा लक्ष्मण चौहानले बताए।

प्रदेश सांसद कोषको १९ लाख बजेटमा भोजपुरको नयाँ बसपार्कमा बनाइएको पर्खाल निर्माण सम्पन्‍न भएको महीना दिन नपुग्दै भत्किएको थियो ।नगरपालिकाले भने प्राविधिक डिजाइन अनुसार नै काम भएको दाबी गर्दै पुरुवा माटो भएको र लगातार भारी वर्षा भएका कारण पर्खाल भत्किएको बताउँदै आएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...