काठमाडौं प्रवेशमा कडाई, अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द

Home notice 15

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गरेको छ ।

देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रुमा कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै यातायात बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोरोना भाइरस चेकजाँच गर्दा यात्रुहरुमा कोरोना पोजेटिभ भेटिन थालेपछि नाकाहरुको आवागमनमा पूर्ण निगरानी राख्न र अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानीबाहेक बिहीबारदेखि लागू हुनेगरी हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुको आवागन पूर्णरुपमा बन्द गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरेर अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन दिएको गृहमन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वाब संकलन गरिएका हुन् । विभिन्‍न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि मन्त्रालयले ती नाकाहरुमा कडाइ साथ स्वाब संकलन गरिरहेको छ ।

केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएपछि गृहमन्त्रालयले राति काठमाडौं छिर्न निषेध गरेको हो । ​

 

 

प्रतिकृया दिनुहोस