कोरानाका बिरामीहरुको उपचारमा १५ हजार भन्दा बढी लिन नपाउने

Teku prayogasala

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढेको बढ्यै छ । सरकारले पर्याप्त कोरोना परीक्षण नगराएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ ।

त्यसमा पनि नीजि स्वास्थ्य संस्थाहरुले मनपरी ढंगले कोरोना परीक्षणको शुल्क लिँदा पनि थप सरकारले नै आलोचना खेप्नुपरेको छ । त्यसमा जिम्मवार सरकार नै हो ।

यसरी चौतर्फी आलोचना खेप्न थालेपछि बल्ल बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ । यसअघि कोभिडको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

कोभिड १९ पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

मन्त्रालयले गरेको निर्णयमा सूचीमा नपरेका निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न चाहनेहरुले अस्पतालको सहमतिमा उपचार गर्न सक्ने र सेवा शुल्क लक्षणअनुसार तोकिएको हो ।

मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरुको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएका प्रयोगशालाहरुलाई स्वीकृत निर्देशिकाबमोजिम सःशुल्क कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...