फिप्नाले दियो कोशीटप्पुमा खाद्यन्न सामाग्री

Koshi tappu rahat

इटहरी ।  नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको आर्थिक सहयोगमा कोशीटप्पुमा रहेका ३० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको आर्थिक सहयोग, नेपाल आदीवासी महासंघ संघीय परिषद् काठमाडौंको समन्वय र ग्रामिण क्लब हाउस इटहरीको व्यवस्थापनमा सुनसरीको कोशी गाउँपालिकाको कोशीटप्पुमा राहत वितरण गरिएको छ ।

नेपाली कांग्रेस सुनसरी केदार भण्डारीको प्रमुख आतिथ्यमा भएको राहत वितरण कार्यक्रममा कोरोना संक्रमणका कारण समस्यामा परेका ३० घर परिवार चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको थियो ।

क्वबमा महासचिव धर्म सुवेदीका अनुसार राहत वितरण कार्यक्रममा आदीवासी जनाजाती महासंघ पूर्वाञ्चल पूर्व संयोजक सुजिन्द्र गोले, स्थानीय जनप्रतिनिधि अनिरुद्र मण्डल लगायतले फिप्नाको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए । यसअघि फिप्नाको सहयोगमा धरानका ४० घर परिवारलाई राहत वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...