श्रीलङ्कामा सातवटा पोथी हात्ती मृत फेला

 109024789 hi056846157

काठमाडौँ । श्रीलङ्कामा गत हप्ता सातवटा जङ्गली हात्तीहरू मृत अवस्थामा फेला परेपछि सरकारी अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । विषका कारण ती हात्तीको मृत्यु भएको आशङ्का गरिएको छ । हाबारन जङ्गल रिजर्भमा शुक्रवार चारवटा र शनिवार तीनवटा हात्तीका शव फेला परेका थिए ।

अधिकारीहरूका अनुसार ती सबै ढोई थिए। तीमध्ये एउटी गर्भिणी भएको बताइएको छ । वन्यजन्तु निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा अरू हात्ती पनि मरेका छन् कि भनेर अझै खोजी गरिरहेका छन् । शवको प्रारम्भिक परीक्षण सुरु भएको छ। के कारणले ती हात्तीको मृत्यु भएको भन्ने स्पष्ट नभए पनि अधिकारीहरूले गाउँलेहरूले अन्नबाली नष्ट गरिदिएको रिसमा विष हालेको हुन सक्ने अनुमान गरेका छन् ।

अर्को एउटा वन्यजन्तु आरक्षमा सोमवार अर्को हात्तीको शव फेला परेको छ। यी दुई घटनाबीच सम्बन्ध भए नभएको स्पष्ट छैन । श्रीलङ्कामा हात्ती मार्न पाइँदैन। तर ग्रामीण क्षेत्रमा हात्ती र मानिसबीच द्वन्द्व भइरहन्छ । मानवबस्ती र खेतीपातीका लागि भूमि विस्तार गरिँदा वन्यजन्तुको प्राकृतिक वासस्थान र तिनलाई आहारा तथा पानी खोज्न गाह्रो हुन्छ ।
सन् २०११ मा गरिएको हात्ती गणनामा श्रीलङ्कामा हात्तीको सङ्ख्या ५,८७९ देखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...