सिटौला बनिन् सांसद, सभामुखले गराए सपथ

Suttt

काठमाडौं । जनता समाजवादीको रिक्त सिटमा सांसद लिलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई सभामुख अग्नि प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो ।

गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

त्यसपछि समाजवादी पार्टीले सिटौलाको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले उनलाई निर्वाचित भएको घोषणा गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुले बधाइ तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस