पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै दुई लाख ३८ हजारभन्दा बढि कोरोना संक्रमित

512308 01 02 1536x1024

काठमाडौैँ । पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै धेरै दुई लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमित थपिएका छन् । यो एकै दिन संक्रमित हुने अहिलेसम्मकै धेरै संख्या हो ।

केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका वर्ल्डओमिटरले जनाएको छ । यसअघि हिजो दुई लाख १८ हजार र अस्ती दुई लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा दुई लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् ।

योसँगै विश्वभर संक्रमितको संख्या एक करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये एक करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् । २४ घण्टामा दुई लाखभन्दा धेरै निको भएका छन् । गएको २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ६१ हजार, भारतमा साढे ४९ हजार र ब्राजिलमा ४१ हजार नयाँ बिरामी थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...