बागलुङमा पहिरोमा पुरिएर तिन बालबालिकाको मृत्यु

Hu 2


काठमाडौँ । सोमबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिँदा बागलुङमा तीन जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ खोलेसबाङको पहिरोमा १३ र १२ वर्षका २ बालबाबालिकाले ज्यान गुमाए भने जिल्लाको निसिखोला गाउँपालिका–१ मा पहिरोले पुरिएर ५ वर्षीय बालकको मृत्यु भएको छ ।

तमानखोलामा गएको पहिरोले पुरिएर स्थानीय पानबहादुर विकका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भयो भने श्रीमती होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ । त्यसै गरी निसिखोलामा गएको पहिरोमा स्थानीय कमल परियारका ५ वर्षीय छोरा समीर परियारको मृत्यु भएको छ ।

निरन्तर परिरहेको वर्षा र गाउँगाउँमा पहिरो जान थालेपछि यहाँका स्थानीय त्रसित मात्र बनेका छैनन् आक्रोशित पनि भएका छन् । जनप्रतिनिधिले मनपरी ढंगले गाउँगाउँमा सडक खनेका कारण जन्मेपछि पहिलोपटक घर बगाउने, मान्छे मर्ने पहिरो देख्न परेको भन्दै स्थानीय खगेन्द्र घमालले दुखेसो पोख्नुभयो । हेर्दाहेर्दै छिमेकीको घर पहिरोले बगायो, हाम्रो पनि कति बेला बगाउँछ भन्ने स्थितिमा छ घमालले भन्नुभयो घरमा ६० वर्षकी वृद्ध आमा हुनुहुन्छ, छोराछोरी, श्रीमती र बूढी आमालाई कसरी सम्हाल्नु ।

‘घरको तल, माथि डोजर चलाएर बाटो बनाएका छन्’, स्थानीय सम्झना सिर्पालीले भन्नुभयो– ‘घरका लोग्नेमान्छे कमाउन गएका छन्, घर पहिरोको जोखिममा परेको छ, बूढीसासू र १५ महिनाको काखे बच्चा च्यापेर छिमेकीको घरमा कति दिन बस्ने, के खाने वडा अध्यक्ष अहिलेसम्म पनि हेर्न नआउनुभएको तथा वडा सदस्य आएर जोगिएर बस्नुस् भनेर फर्कनुभएको उहाँले बताउनुभयो ।

पहिरो गएपछि प्रहरी र स्थानीय जनप्रतिनिधि आएर सुरक्षित भएर छिमेकी र आफन्तको घरमा गएर बस्नु भनेर फर्किएको उनीहरुको भनाइ छ । पहिरोले सोही ठाउँका शेरबहादुर सिर्पाली, फूलमाया कामी, चामबहादुर सिर्पाली, हेमन्त सिर्पाली, लीलबहादुर सुनार, खिमबहादुर रसाइली र भीमबहादुर रानाको परिवार विस्थापित भएका छन् ।

उनीहरुलाई छिमेकी र आफन्तको घरमा राखिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो । गाउँपालिकासँग समन्वय गरेर राहतको व्यवस्था गरिने वडा अध्यक्ष मीनबहादुर घर्तीले बताउनुभयो । गाउँपालिकाको विपत् व्यवस्थापन कोष छ घर्तीले भन्नुभयो बैठक बसेर मृतक र विस्थापितलाई कसरी सहयोग गर्ने निर्णय गर्नेछौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...