१३औं सागबारे खेलकुद मन्त्रीसँग छलफल

Jagat bk

काठमाडौं । नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माबीच बैठक सम्पन्न भएको छ ।

बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भव्यतासाथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै आर्थिक अनुशासनमा रहेर कार्यसम्पन्न गर्न निर्देशन दिए । सोही अवसरमा १३औं साग सचिवालय प्रमुख कमल खनालले कार्यविधिअनुसार सबैले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे ।

समारोह समितिका सचिवसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले समितिका सचिवहरूले गर्नुपर्ने कार्यबारे जानकारी गराएका थिए ।

बैठकमा ११ वटा समितिका सचिव उपस्थित थिए । संयोजक र सचिवसहितको बैठक मन्त्री विश्वकर्माको उपस्थितिमा सोमबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...