गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कर्मचारी र विचौलियासहित ४ लाख नगद घुससहित पक्राउ

Pakrau

काठमाडौँ । रुपन्देहीको भैरहवमा संचालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयमा कार्यरत १ जना कर्मचारी र १ जना विचौलिया ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।विमानस्थलको कार्यालयका सहयोगी तथा मालपोत कार्यालयमा सहजिकरण गर्ने विश्वनाथ लोध र विचौलिया महेन्द्र यादवलाई चारलाख घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ् ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख डा भिष्म कुमार भुसालले बताउनु भयो । विगत १ वर्ष देखि जग्गा धनीलाई  दुःख दिदै आएका लोध अन्ततह अख्तियारको फन्दामा परेका छन ।

उनिहरुले विचौयिा मार्फत रकम लिने गरेको सुचाका आधारमा पक्राउ गरिएको अख्तियार कार्यालयले जनाएको छ ।सेवाग्राहीसँग घुस लेनदेन गर्न भैरहवाको सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको डा। भुसालले बताउनु भयो । पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...