साउदी राजाका अङ्गरक्षकको आफ्नै साथीद्वारा गोली हानी हत्या

Gun

एजेन्सी । साउदी राजा सलमानका अङ्गरक्षकलाई व्यक्तिगत विवादका कारण उनका एक साथीले गोली हानेर हत्या गरेको अधिकारीहरूले बताएका छन् । शनिवार राति एकजना साथीलाई भेट्न जाँदा जेनरल अब्देल अजिज एल फागमको माम्दूह बिन मेशाल अल अलीसँग विवाद भएको बताइएको छ ।

प्रहरीका अनुसार अली जेद्दाहस्थित घरबाट निस्किए र पछि बन्दुक लिएर फर्किए । फागमलाई गोलीलाई साङ्घातिक आक्रमण गरेका ती व्यक्तिले आत्मसमर्पण नगरेकाले गोली हानिएको र पछि उनको मृत्यु प्रहरीले जनाएको छ ।

गोली लागेका फागमको मृत्यु अस्पतालमा भयो । ती व्यक्तिले अन्धाधुन्ध चलाएकाले सात जना घाइते भएको बताइएको छ । घाइते हुनेमा दुई जना फागम गएको घरमा रहेका व्यक्ति र पाँचजना सुरक्षाकर्मीहरू रहेको बताइएको छ ।

जेनरल फागम साउदी अरबमा निकै प्रख्यात थिए । उनी राजा सलमानसँग नजिक थिए । उनले राजा अब्दुल्लाहको पनि अङ्गरक्षकका रूपमा काम गरेका थिए ।

सामाजिक सञ्जालमा उनलाई नायक का रूपमा चित्रित गरिएको छ । सलमानको राज्यारोहण सन् २०१५ मा भएको थियो । त्यति बेला उनी ७९ वर्षका थिए । तर धेरैलाई राजा मोहम्मदका छोरा युवराज मोहाम्मद बिन सलमान बढी शक्तिशाली भएको लाग्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...