प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना पुष्टि

P

काठमाडौँ । नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाहीले आइतबार चार जना र मङ्गलबार २३ जना गरी २७ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

डीआइजी शाहीका अनुसार चालक मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीसहित २७ जनामा केरोना सङ्क्रमण देखिएको हो । नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको उनीहरूको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी गरिएको डीआइजी शाहीले बताउनुभयो ।

आइतबार प्रहरी मुख्यालमा कार्यरत चार जना प्रहरीमा सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई सोही दिननै शसस्त्र प्रहरी अस्पताल लगिएको थियो । 

थपिएका सङ्क्रमितहरूको पनि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भइसकेको छ डीआइजी शाहीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सङ्क्रमितहरूको परिवारको विवरण लिने र उहाँहरूको यात्रा विवरण खोजी गर्ने कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...