साफ यु–१८ च्याम्पियनसीपको उपाधी भारतले जित्यो 

India vs bangladesh 2

काठमाडौँ । नेपालमा जारी तेस्रो संस्करणको साफ यु–१८ फुटबल चयाम्पियनसीपको उपाधी भारतले जितेको छ । आइतबार भएको फाइनलमा बंग्लादेशलाई २–१ ले पराजित गर्दै भारतले उपाधी जितेको हो । यु–१८ साफ च्याम्पियनसीपको पहिलो र दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो। भारत यु–१८ साफ च्याम्पियनसीको नयाँ विजेता बनेको छ ।

सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा भएको खेलमा भारतलाई उपाधी दिलाउन विक्रम प्रताप सिंह र रवि बहादुर रानाले एक–एक गोल गरे । बंगलादेशका लागि भने एसिन अर्फातीले एक गोल फर्काएका थिए । खेलको पहिलो हाफमा दुबै टोलीले बराबरी खेलेका थिए ।

खेलको अतिरिक्त समयमा भारतका लागि रविबहादुर रानाले निर्णायक गोल गरेका हुन् । आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा भुटानलाई १–० गोलले पराजित गर्दै माल्दिभ्स तेस्रो भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...