कोरोना संक्रमणमुक्त भइसकेको ओखलढुंगामा फेरि एक जनामा संक्रमण

C

ओखलढुंगा । कोरोना संक्रमणमुक्त भइसकेको ओखलढुंगामा फेरि एक जनामा संक्रमण पुष्टि भएको छ। दुबइबाट जिल्ला फर्किएर सिद्धिचरण नगरपालिकास्थित सगरमाथा माविको क्वारेन्टाइनमा रहेका एक पुरुषमा संक्रमण पुष्टि भएको हो। जिल्लाबाट स्वाब परीक्षणका लागि पठाइएका ६७ जनामध्ये २६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिए।

कोरोना पुष्टि भएका ती पुरुष सिद्धिचरण नगरपालिकाकै रहेका छन्। उनी गएको साउन २ गते जिल्ला आइपुगेका थिए। जिल्लामा पछिल्लो समय सोलु कोरिडोरका भारतीय मजदुरलाई साउन १ गते कोरोना संक्रमणको पुष्टि भएको थियो भने साउन ५ गते क्यान्सरपीडित ७२ वर्षीय वृद्ध कोरोनामुक्त भएपछि जिल्लालाई कोरोना संक्रमणबाट मुक्त भनिने गरिएको थियो। त्यस्तै जोखिम बढिरहेको बेला ओखलढुंगामा मास्क नलगाई हिँड्नेलाई कारबाही हुने भएको छ।

देशमा कोरोनाको संक्रमण बढिरहेको बेला मास्कको प्रयोग घटेको भन्दै गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयले ओखलढुंगामा हिँडडुल गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ।

हिँडडुल गर्दा मास्क अनिवार्य लगाउन जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा प्रहरीले माइकिङसमेत गरेको छ। मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...