नेकपा स्थायी कमिटी बैठक अनिश्चितकाललाई स्थगित

000

काठमाडौँ । आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आज ११ बजे हुने भनिएको पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले बैठक स्थगित भएको थापाले जानकारी दिएका छन् ।

नेकपामा देखिएको आन्तरिक विवाद झन पेचिलो बन्दै गइरहेको छ । आज बस्ने स्थायी कमिटीको बैठकबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुनै छलफल भएको थिए । दुई अध्यक्षबीच छलफल भएपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर अहिलेसम्म अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन ।


यसअघिका बैठकहरु अध्यक्षद्वय बीचको छलफलमा सहमति जुट्न नसकेपछि स्थगित हुँदै आएको थियो । तर भोलिको बैठक स्थगित नहुने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको थियो । सोबारेमा प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा भोलिको बैठक स्थगित नगर्ने निष्कर्ष निस्किएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बसाउन इच्छा देखाएका छैनन् । शीर्ष नेताहरुले अन्तिमपटक प्रधानमन्त्री ओलीसँग कुरा गर्ने र बैठक सञ्चालनका लागि नमाने अगाडि बढ्ने सुझाव दिएको खुमलटार स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...