पारसको कीर्तिमानी सतकले सिंगापुरमाथि नेपालको शानदार जित

Paras khadka

काठमाडौं । नेपालका पारस खड्काको कीर्तिमानी सतकले सिंगापुरमाथि शानदार जित दर्ता गरेको छ । यो शानदार जितसँगै टी-२० मा सतक बनाउने पारस पहिलो खेलाडी बनेका छन् ।

एक सय ५२ रनको लक्ष्य पक्ष्याएको नेपालका कप्तान खड्काले शानदार सतक प्रहार गरे। नेपालले पारसको शतकको मद्दतमा १६ ओभरमा एक विकेट गुमाएर शानदार जित दर्ता गर्यो । सुरुवात राम्रो गर्न नसकेको नेपालले ९ रन बनाउँदा एक विकेट गुमाएको थियो ।

१.३ ओभरमा नेपालका इशान्त पाण्डे एलबीडब्लू धरापमा परेका थिए । दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेखले एक सय ४५ रनको साझेदारी गर्दा नेपालले शानदार जित दर्ता गरेको हो । 

अविजीत रहेका कप्तान खड्काले ५२ बलमा सात चौका र नौ छक्का प्रहार गर्दै एक सय ६ रन बनाए भने आरिफले ३९ रनको योगदान गरे ।

त्रिकोणात्मक सिरीज अन्तर्गत सिंगापुरविरुद्ध नेपालले शुक्रबारको खेलमा नौ विकेटको जित दर्ता गरेको हो ।त्रिदेशीय टी(२० सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई जितका लागि १५२ रनको लक्ष्य दिएको थियो ।  सिंगापुरले टस जितेर पहिलो ब्याटिङ गरेको थियो ।

उसले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको हो । उसका लागि कप्तान टीम डेविडले नटआउट ४ छक्का र ३ चौकाको मद्दतमा सर्वाधिक ६४ रन बनाए । त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन र जनक प्रकाशले २५ रन जोडे ।

नेपालका लागि करण केसीले २ विकेट लिएका थिए । उनले ४ आभेरमा ३४ रन खर्च गरे । सुशान भारीले एक विकेट लिए । ओपनिङ बलिङ गरेका सोमपाल कामी भने महङ्गा सावित भएका थिए । उनले ४ ओभरमा ४४ रन खर्चिएका उनले कुनै पनि विकेट लिएका थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...