अब नेपाली क्रिकेटले थप उचाइ लिन्छः मन्त्री विश्वकर्मा

71094585 502513110306454 3438881387925471232 n 729876115

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले क्यान निर्वाचन सम्पन्न भएसँगै नेपाली क्रिकेटले थप उचाइ लिने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभाको उद्घाटन सत्रमा मन्त्री विश्वकर्माले नेपाली क्रिकेटले थप उचाइ लिने विश्वास व्यक्त गरेका हुन् । 

साढे ३ वर्षदेखि क्यान आईसीसीको निलम्बनमा छ । नयाँ नेतृत्व चयन भएसँगै आईसीसीले नेपालमाथिको निलम्बन फुकुवा गर्ने प्रवल सम्भावना छ । मन्त्री विश्वकर्माले फुकुवालाई संकेत गर्दै आजको दिनलाई ऐतिहासिक दिनको संज्ञा दिएका छन् ।
 
उनले भने, “क्यानको विवाद समाधानका लागि मैले छुट्टाछुट्टै साथीहरुसँग भेटेर छलफल गरेको थिएँ । मिलाउन प्रयास गरेको थिएँ । आईसीसीको रोडम्याप अनुसार सबै जना तयार हुनुभयो । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि विशेष हो ।”

साधारणसभाले भोलि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द मैदानमा छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...