गिरीको ठाउँमा सिटौला बनिन् सांसद

Lila sitaula

काठमाडौं । निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद भएकी छन् ।
जनता समाजवादी पार्टीको सिफारिसअनुरूप निर्वाचन आयोगले सोमबार सिटौलालाई निर्वाचित घोषणा गरेको हो ।

पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी सिटौलालाई आयोगले निर्वाचित घोषणा गरेको हो ।

सरिता गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निसान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्विप उल्लंघन गरेका कारण पार्टीले कारबाही गरेको थियो ।

अब प्रतिनिधिसभाको सभामुखले नवनिर्वाचित सांसद सिटौलालाई शपथग्रहण गराउनेछन् ।

प्रतिकृया दिनुहोस