बर्दियाको क्वारेन्टाइनमा युवकले गरे आत्महत्या

Aatmahatya

बर्दिया । बर्दियाको एक क्वारेन्टाइनमा बस्दै आएका एक युवकले आइतबार राति आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्त कहाँ आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।

क्वारेन्टाइन पछाडिको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । युवक करिब दश दिन अघि भारतको राजस्थानबाट हिँडेका युवक महेन्द्रनगरहुँदै ठाकुरबाबामा आफन्तकहा आएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।

उनको आइतबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्ट अझै आई सकेको छैन । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ । रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...