नियमित रूपमा पालुंगो यस्ता समस्याबाट मुक्ति पाउनुस्

Palungo

काठमाडौँ । हरियो सागको कुरा गर्दा पालुंगोको उल्लेख भइहाल्छ । यो त रामवाण नै हो भन्दा हुन्छ । पालुंगो नियमित रूपमा खाने मानिसले कहिले पनि अस्पताल जानुपर्दैन । पालुंगोमा शरीरका लागि आवश्यक अनेकौं अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्त्व पाइन्छन् ।

यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ । पालुंगोले रुखो छालालाई नरम बनाउँछ अनि आँखामा चमक ल्याउँछ । पालुंगोको पेस्ट अनुहारमा लगाउनुभयो भने सबै दागधब्बा हराउँछन् ।

छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ । पालुंगो र कागतीको रसका दुई वा तीन थोपामा ग्लिसरिन मिसाएर छालामा दलेर सुत्ने बेलामा लगाउँदा छाला सुक्खा हुन पाउँदैन ।

पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ । पालुंगो र गाजरको रसमा दुईचार थोपा कागतीको रस हालेर पिउँदा अनुहार सुन्दर र कान्तिमय हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज शुक्रबारको राशीफल

Rasifal 1 12

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई ...