कोरोनाभाइरसका १३० नयाँ सङ्क्रमित पुष्टि, कुल १८ हजार ६१३

Prsh

काठमाडौँ । नेपालमा (कोभिड १९) का १३० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३० जना नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ६१३ पुगेको छ । हाल पाँच हजार ४४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना कोभिड–१९ का आशङ्कित क्वारेन्टिनमा छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ७५ जना कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोभिड–१९ मुक्त भएकाहरूको सङ्ख्या १३ हजार १२८ पुगेको छ ।

हालसम्म तीन लाख ४२ हजार ४५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ सङ्क्रमणबाट हुने मृत्यु दर्ता गरिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...