असोजको अन्तिममा लोकसेवाले ठुलो संख्यामा कर्मचारीका लागि विज्ञापन गर्दै

Loksewa aayog 1

काठमाडौं । लोकसेवा आयोगले असोज महिनाको अन्तिम बुधबारदेखि केन्द्रकोलागि करिब ५ हजार नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन आब्हान गर्ने भएको छ। यसकोलागि आयोगले सबै तयारी पूरा गरेको जनाएको छ । आयोग स्रोतका अनुसार असोजको अन्तिम बुधबार सहसचिव र उपसचिवकोलागि विज्ञापन गरिने भएको छ । 

यो संख्या करिब ३ सयको हाराहारीमा हुने छ। त्यसपछि शाखा अधिकृत र नायव सुब्बा तहकोलागि विज्ञापन निकालिने भएको छ। नायब सुब्बा पछि खरिदार तहमा पनि भर्ना आब्हान गरिने भएको छ ।

यसपटक सहसचिव देखि खरिदार तहसम्मको लागि विज्ञापन निकाल्ने तयारी भएको आयोगले जनाएको छ। आयोगले यसपटक निजामती कर्मचारी ऐन २०४९ अनुसार विज्ञापन निकाल्ने भएको छ । निजामती कर्मचारी ऐन २०४९ लाई विस्थापित गर्न बनेको संघीय निजामती सेवा ऐन २०७५ हाल संसद्को राज्य व्यवस्था समितिको बैठकमा विचाराधिन अवस्थामा छ । संघीय निजामती सेवा ऐन नआउँदासम्म आयोगले निजामती सेवा ऐन २०४९ अनुसार नयाँ भर्ना  आब्हान गर्न लागेको हो ।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा उपसचिव र सहसचिवपदमा खुला प्रतिष्पर्धा गर्ने कि नगर्ने भन्नेमा टुंगो लागेको छैन । तर आयोगले असोजको अन्तिम बुधबार निकाल्न लागेको विज्ञापन निजामती सेवा ऐन २०४९ अनुसार सहसचिव र उपसचिवकोलागि १० प्रतिशत कोटामा खुला आब्हान  गर्ने भएको छ । जस अनुसार ४५ वर्ष नपुगेका नेपाली नागरिकले उपसचिव र सहसचिवकोलागि प्रतिष्पर्धा गर्न पाउने छन्। निजामती सेवामा प्रवेश नगरेको नेपाली नागरिकले पनि यो अवसर पाउने छन् । 

तर विचाराधिन प्रशासन कानुनमा १० प्रतिशत खुला प्रतिष्पर्धा गर्ने व्यवस्था खारेज गर्ने कि नगर्नेमा राज्य व्यवस्था समितिका सांसदहरु नै विभाजित छन् । उपसचिव पदमा खुला बिज्ञापनको व्यवस्था राखी सहसचिव पदमा खुला विज्ञापनको व्यवस्था हटाउने बिषयमा समितिको बैठकमा टुंगो लागेको राज्य व्यवस्था समितिको एक सांसदको भनाइ छ ।

यता, संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव,शाखा अधिकृत, नायबसुब्बा लगायतका सबै पदकोलागि माग विवरण आयोगमा पठाइसकेको छ । मन्त्रालयका अनुसार संघकोलागि तत्काल करिव ५ हजार पद रिक्त छन् । संघकोलागि आयोगले तीन वर्षदेखि नयाँ भर्ना लिएको थिएन। समायोजन प्रक्रिया टुंगिए पछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो । तीन वर्ष देखि नयाँ भर्ना रोकिए पछि संघमा ठूलो संख्यामा पद रिक्त भएका हुन् । 

मन्त्रालय स्रोतका मन्त्रालयले आयोगलाई पठाएको सूचीमा प्राविधिक लगायत लेखा, इञ्जिनियरिङ, परराष्ट्र लगायतका सेवामा पनि विवरण पठाएको छ। त्यस अनुसार आयोगले यी सबै सेवाकालागि कर्मचारी माग गर्ने भएको छ ।

यी सेवामा मागिने पदहरु  खरिदार देखि सहसचिव सम्मका हुने छन् । स्रोतका अनुसार विशेषगरी माथिल्लो तहका पदहरुभन्दा  तल्लो तहका पदहरू खरिदार र नायव सुब्बा तहका पदहरूमा रिक्त दरबन्दी बढी छन् ।

मन्त्रालयले संघ,प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारकोलागि एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम पूरा भएको  जनाएको छ । मन्त्रालयका अनुसार संघमा स्वीकृत भएको ४८ हजार ४सय ९ दरबन्दी मध्ये ३९ हजार ९ सय ६० कर्मचारीको समायोजनको काम पूरा भएको छ ।

आयोगले गत असारमा मात्र स्थानीय तहकोलागि ९ हजार १ सय ६१  दरवन्दीमा कर्मचारी भर्ना आब्हान गरेको थियो। यी पदहरुमा आयोगले हाल भर्ना प्रक्रिया अघि बढाएको छ । दुई महिनाभित्र खाली रहेका स्थानीय तहमा नयाँ कर्मचारी पठाउने आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहमा गरिएको भर्ना  प्रक्रिया निकै विवादस्पद बनेको थियो । तर यसपटक  केन्द्रमा गरिने विज्ञापनमा निजामती सेवा ऐन अनुसार समावेशी कोटा छुट्टयाइने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...