७९६ जनामा को को परे प्रहरी हवल्दार बढुवा सिफारिसमा ? (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ७ सय ९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले उक्त बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले सात सय ९६ जवानलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो । जसमा रामनरेष चौधरीलाई १ नं. मा बढुवाको सिफारिस गरेको छ । उनको दरबन्दी प्रहरी चौकी कालिदह रुपन्देही छ । ननले कुल ९२.१५ अंक प्राप्त गरेका छन् ।
त्यसैगरी दोस्रो नं. मा रहेका उत्तम कार्कीको दरबन्दी चिचिला प्रहरी चौकी संखुवासभा छ । उनले ९२.१० अंक पाएका छन् । त्यसैगरी तेस्रो नं. मा रहेका श्याम कटवाल क्षेत्रीले ९१.८८ अंक पाएका छन् । उनको महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जमा दरबन्दी छ ।
प्रतिकृया दिनुहोस