रोयल बरो अफ ग्रीनह्वीचद्धारा तनहुँको घिरीङमा पहिरो पीडितलाई खाद्यन्न वितरण

Tanahu pahiro pidit rahat bitaran

तनहुँ । बेलायतबासी नेपालीहरुको प्रिय संस्था रोयल बरो अफ ग्रीनह्वीच नेप्लिज सोसाइटी युकेले पहिरोबाट प्रभावित तनहुँको घिरिङ गाउँपालिकामा खाद्यन्न वितरण गरेको छ ।

नेपाली वेलफेयर सोसाइटीको संयोजनमा तनहुँको घिरिङ गाउँपालिका ६० घर परिवारलाई शनिबार खाद्यान्न राहत उपलब्ध गराएको छ । सोसाइटीले राहतस्वरूप प्रति घर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट नुन बितरण गरको संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् ।

उनीहरुलाई गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले जुम कन्फेरेन्समार्फत सम्बोधन गरेका थिए ।

उनले कोरोना संक्रमणको महामरी र बाढी पहिरोको जोखिमबाट विस्थापितलाई राहत उपलब्ध गराएर सोसाइटीले राम्रो काम गरेको भन्दै प्रसंशा गरे । उनले जोखिममा परेका नागरिकलाई सहयोग गर्ने संस्था र ब्यक्तिहरुलाई सरकारले उच्च सम्मान गर्ने बताए ।

‘बाँचौ र बचाँऔ अभियानका अभियान्ता तथा राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीले बिपत्तिको बेला खाद्यान्नको अभावमा कोही पनि समस्यामा नपरास् भनेर अभियान सञ्चालन गरिएको बताए ।

एकल र सहकार्यमा तीन महिनाको अवधीमा १५ जिल्लाका ५ सय ९७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको अध्यक्ष सार्कीले बताए ।

कार्यक्रमका संचालक तथा संस्थाका उपाध्यक्ष जित रानाभाटका अनुसार रुकुमको सानिभेरी, बाग्लुङको गलकोट र आज तनहुँको घिरिङ्ममा समेत गरी १ सय ५० घर परिवारलाई राहत उपलब्ध गरिएको छ ।

राहत बितरणलाई स्थानीयरुपमा गाउँपालिका अध्यक्ष रणबहादुर राना, उपाध्यक्ष सरस्वती सिग्देल, उद्योग बाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेकपाका नेताहरु होमबहादुर थापा, भुवन बिश्वकर्मा, शिक्षक तथा बुद्धिजीवी रमेश नेपाली लगायतले सहजीकरण गरेका थिए ।

यसैगरी कार्यक्रममा बेलायतबाट आरजिएनएसका संरक्षक हरिगोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, महासचिव मन्जु भण्डारी, सल्लाहकारहरु श्याम शेरचन, कर्ण शाही, कोने घताने घोनडे समाज युकेका अध्यक्ष लेफटिनेन्ट चन्द्र गुरुङ, थकाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष मेजर खिमप्रसाद गौचन, तमु धि युकेका उपाध्यक्ष हितकाजी गुरुङ, नेपालबाट मेजर लक्ष्मी प्रसाद गुरुङ , तिल आले, दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली लगायतले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले भौतिकरुपमा आफुहरु बेलायत रहे पनि भाबनात्मक रुपमा मातृभुमीको माटोप्रति निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...