जब न्यायाधीशले नै बलात्कृतलाई सोमत नभएकी आइमाई भनेपछि...

Face cover

काठमाडौं ।  भारतमा महिला हिंसाको घटनामा संलग्नलाई कडा कारबाही हुने कानुनी व्यवस्था छ । तर, कानुन कार्यान्वयनमा भने आकाश जमिनको फरक छ । न्याय पाउन बलात्कृत महिलालाई कानुन र समाजले साथ दिनुपर्छ। यस्तो लडाइँमा उसले एक्लै लडेर पनि हुँदैन ।

तर, बिहारको अररियामा एक बलात्कृत महिला र उनको दुई साथीलाई सरकारी काम कारबाहीमा बाधा गरेको भन्दै अदालतले काराबास पठाएको छ। यो सूचना पीडित महिलालाई १० दिनपछि प्राप्त भयो । उनको यो मुद्दामा अन्य  २ जना मानिसहरूले पनि सहयोग गरिरहेका थिए ।

पीडित महिला कल्याणी र तन्मय घरमा काम गर्थिन् । जेलबाट छुटेपछि पहिलोपटक बिबिसी हिन्दीमा पीडित महिलाले आफ्नो अनुभव बताएकी छिन् ‌।

सामूहिक बलात्कार पछि जे भयो...

मेरो नाम खुशी (परिवर्तन गरिएको नाम) हो । ६ जुलाई को राती सामुहिक बलात्कारमा परेपछि यो नामले चिनिएकी छु । कारावासमा १० दिन बिताएर आएकी छु। तपाईंले सही कुरा सुन्नु भएको छ । बलात्कृत म नै भएकी हुँ ।

कारावास पनि म नै गएँ । दुई जना साथी पनि साथै गए । कल्याणी दिदी र तन्मय भाइ । उनीहरु सधैंभरी म सँगै हुन्थे । उनीहरुले मलाई लडाईंमा साथ दिएका थिए । सबै कुरा थाहा छ । तिनीहरु दुई जनालाई कारावासमा कोचिएको छ ।

१० जुलाईमा अरररिया महिला प्रहरी ठानामा जानुपर्ने थियो । त्यसबेला न्यायाधीशले संविधानको धारा १६४ अनुसार बयान लेखाए । तर, प्रहरीले भने संविधानको धारा १६४ धारा बमोजिम बयान लेख्नुपर्छ। कल्याणी दिदी, तन्मय भाइ र साथमा केही मानिसहरु पनि पैदलै अररिया जिल्ला अदालत पुगेका थिए ।

म शिक्षित छैन,२२ वर्षको उमेरमा धेरै कुराहरु सिक्ने र देख्ने अवसर पाएको छु । तन्मय र कल्याणी दिदीकोमा काम गर्छु । उनीहरुको साथमा एउटा संस्था पनि जोडिएको छ । संस्थाहरूसँग मिलेर काम गर्दा धेरै कुराहरु बुझ्यौं । कानुनको नजरमा हामी बराबर छौं र न्याय पाउने आशा बढदै गएको छ ।

अदालतमा उभिँदा हामी अदालत पुग्दा एक जना युवक पनि थियो । त्यहाँ छ भनेर थाहा थिएन । त्यो रात मोटरसाइकल सिकाउने भनेर छोडेर भागेको थियो । सहयोगको लागि उसलाई बोलायौं, तर फर्किएन । उ साथी हो, प्रेमी होइन । साइकल चलाउन मनपर्छ, मजाले कुदाउँछु । मोटरसाइकल सिक्न चाहन्थेँ । किनकी स्वतन्त्र रुपमा हिड्न पाउँदा म निकै खसी हुन्छु ।

युवकले मलाई मोटरसाइकल सिकाउने बाचा गरेको थियो । उसले केही समय मलाई मोटरसाइकल चलाउन राम्रैसँग सिकायो पनि। तर, ६ जुलाईमा सिकाउने बहानामा कतै लिएर गयो । त्यसैको परिणाम स्वरुप अदालतमा उपस्थित छु । उ अदालतमा उसको आमासँग हाजिर भएको थियो । हामी थोरै डराएका थियौं ।

त्यस रात जे घटना भएको थियो :

आज ताजा भएर आयो । मनमा खुल्दुली बढन थाल्यो । अदालतको ठाउँमा अरु ठाउँ हुन्न । किन मेरो बयान अन्य ठाउँमा लिन सकिन्न ? मेरो बयान छिटो हुन सक्छ ? तीन-चार घन्टा गर्मीमा उभिँदा चक्कर लागेको थियो । आफूलाई शान्त पार्नको लागि वरिपरी कुर्सी छ कि भने यताउता हेरेँ ।

हामी धेरै निराश भएका थियौं। मलाई के भएको थियो कसैलाई भन्न चाहिनँ । मलाई सबै थाहा छ : बलात्कार एकदमै नराम्रो घटना हो । सारा समाज र परिवारले हामीलाई दोष दिन्छन् । स्वतन्त्र रुपमा हिँडडुल गर्नु, साइकल चलाउनु, मोटरसाइकल सिक्नु र पुरुषसँग घुम्नु वा संस्थाको मानिसहरुसँग हिँड्नु : त्यो नै बलात्कारको कारण हो ? मनमा जुन कुरा खेलिरहेको थियो, आखिर त्यहीँ भयो ।

टोलमा हल्ला सुरु भयो : 'पढेकी छैन । मोबाइल बोक्छे र साइकल चलाउँछे ।' अन्त्यमा मानिसहरु मेरो गल्ती खोज्न थाले । मेरो बाबाले भन्नुभयो,' अहिले बोलेनौ भने यीनै केटाहरूले तिमीलाई दुःख दिनेछन् ।'

हामी हिम्मत गर्छौं जुन घरमा काम गर्थ्यौं :  त्यो घरधनीले पनि तन्मय भाइ, कल्याणी दिदी र मलाई तिमीहरु प्रहरीमा जानु भनेर सुझाए । अदालतमा युवकलाई देख्दा धेरै डराएका थियौं। धेरै सहेर भएपनि साहस गर्‍यौँ । यस्तो अवस्थामा तपाईं भए कस्तो महसुस  गर्नुहुन्थ्यो ?

यो घटनाको जिम्मेवार बनाउने देखि प्रहरीलाई बलात्कार भएको कथा सुनायौँ । जसको विरुद्धमा लेखेको थियौं, तिनको सामु बसेर प्रहरी अधिकारीले पढेर सुनाइदिए । त्यसपश्चात तिनले हामीसँग वार्ता गर्ने प्रयास गरे । म बेचैन भएँ ।

विवाहको कुरा गर्न थाले । पत्रपत्रिकामा मेरो नाम र ठेगाना छापिएको थियो । कुनै नियम छैन । जुन कुराले मलाई सुरक्षित रहेको महसुस गराओस् । बारम्बार मेरो बारेमा भनियो । बलात्कृत भएको सबै घटना सुनाइयो ।

माहोल यस्तो बन्यो । नचिन्ने र नजान्ने मानिसले मेरो बारेमा सहजै जान्ने भइसकेका थिए । जुन बदनामको डर थियो : आखिर त्यहीँ भयो ।

हामीलाई जस्तो अरुलाई यस्तो घटना नहोस । न्यायाधीशलाई सम्मान अदालतमा हाजिर गराएको दिन अनुहारबाट कपडा हटाउन भन्यो । मलाई देख्नासाथ भने, 'चिनेँ, तिमी साइकल कुदाउँथ्यौ । बोल्न चाहेर रोक्ने प्रयास गरे । तर, तिमी बोलिनौ ।‘

उनीहरुले के भन्न चाहिरहेका छन् भन्ने मैले धेरै बेरसम्म बुझिनँ । अदालतमा धेरै समय पर्खिएपछि न्यायाधीशले भित्र बोलाए । जहाँ अभियुक्त ठहरिएका र हामी थियौं । अहिलेसम्म त्यस्तो वातावरणमा बसेका थिएनौ । यस्तो लागिरहेको थियो कि केही हुनेवाला छ । मनमा यस्तै कुराहरु खेलिरहेको थियो ।

अहिले किन म सँग कल्याणी दिदी र तन्मय भाइ छैनन । न्यायाधीशले सबै सुने र लेखे । जसले लेखेका थिए, उनैले पढेर सुनाउन थाले । अनुहार रुमालले छोपेको थियो । मलाई केही थाहा थिएन । जसले मेरो कुरा सुनिरहेको थियो : के लेखेको थियो भनेर छक्क परेँ । मैले भने, 'म बुझ्दिनँ । रुमाल हटाएर भन्नु ।'

न्यायाधीशले रुमाल हटाएनन् । उनले बोलिरहेका थिए । म शुन्यतामा हराउँदै थिए । उनले बयानमा हस्ताक्षर गर्न भने । स्कुल नगएपनि थोरै कुरा बुझेकी छु । जबसम्म कुरा बुझिँदैन, तबसम्म हस्ताक्षर नगर्नु ।

मैले मानिन अन्त्यमा भने, 'मैले बुझिन, कल्याणी दिदीलाई बोलाइदिनु, उसले पढेर बुझाएपछि मात्र हस्ताक्षर गर्छु। ‘ अनि न्यायाधीश रिसाउँदै कुर्लिए : 'तिमीलाई हामीप्रति विश्वास छैन, सोमत नभएकी केटी ! कसैले राम्रो कुरा सिकाएन ?‘

कसैले कुरा सुनेनन् म शुन्यतामा हराउँदै गइरहेको थिएँ । कतै मैले गलत त बोलिनँ । मैले भने, 'होइन, तपाईंप्रति पूर्ण विश्वास छ, तपाईले भनेको कुनै पनि कुराहरु मैले बुझिनँ ।' यहाँ कुनै पनि नियम छैन ? लामो समयसम्म बुझ्न सकेको छैनौं । हामीले नबुझेको कुरालाई बुझाउन सक्नुपर्छ ।

धेरै डराएकी थिएँ । हस्ताक्षर सकेर कल्याणीलाई दिदीलाई भेटन गएँ । न्यायाधीशले अन्य कर्मचारीसहित प्रहरीलाई कोठामा बोलाए। न्यायाधीशले कल्याणी दिदी र मलाई भित्र बोलाए । उनी रिसाइरहेका थिए । हामीले माफी माग्यौँ, तर कसैले वास्ता गरेनन्। बारम्बार अपमानजनक ढंगले व्यवहार गरिएको थियो ।

'सोमत' नभएको भन्दै बोलाइरहन्थ्यो। न्यायाधीशले कल्याणीलाई भने, 'तिमीले उनलाई राम्रो व्यवहार सिकाएनौ।' हामीलाई लागेको थियो कि न्यायाधीशले हाम्रो कुरा सुन्छन् । कल्याणी र तन्मय भाइले आफ्नो कुरा सुनाउने प्रयास गरिरहे । उनीहरु दुवै जनाले भने,' खुशीले कुरा बुझिनँ भने पुनः पढेर सुनाइदिनु होला ।' न्यायाधीशले भने,' यहीँ काम छ,देखेनौ ।'

न्यायको लागि पछि हट्दैनौ गरीब थिइनँ भने मेरो कुरा सुनिन्थ्यो ? आवाज ठूलो छ । मैले ठूलो स्वर गरेर बोल्नु गल्ती थियो? न्यायाधीशलाई भनेँ, 'जबसम्म कुरा बुझिनँ, तबसम्म हस्ताक्षर गर्दिनँ ।' कानुनी राजमा मैले यति बोल्दा गलत हुन्छ ? कोठामा हामीलाई सुन्ने कोही थिएनन् ।

जहाँ हामी तन्मय भाइ र कल्याणी बसिरहेका थियौं । हामीले सरकारी काममा बाधा गरेको भन्दै भिडियो बनाउन थाले । त्यसैको आरोपमा जेल हालियो । हामीले यति धेरै दुःख भोग्यौ, यो पनि ठीक छ । १० दिनको लागि जेल जाने सूचना पायौं । अहिले उनीहरुलाई जेलमा राखिएको छ ।

हाम्रो विरुद्ध दर्ता गरिएको अभियोगमा भनिएको छ,' हामीले मानिसलाई दुर्व्यवहार गर्‍यौं, बयान भइरहेको समयमा त्यसलाई बिथोल्न खोज्यौं ।'  हामी न्याय चाहन्छौं, लागि लड्छौ, पछि हट्दैनौं । न्याय चाहन्छौं ।

भावनुवाद : अतिन आचार्य

प्रतिकृया दिनुहोस