अदालतले भन्योः संसद् निलम्बन गर्ने बेलायती प्रधानमन्त्री जोन्सनको निर्णय गैरकानुनी 

576732648 jonson

पाँच हप्तासम्म संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्णय त्यहाँको सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको छ । प्रधानमन्त्री जोन्सनले यही महिना संसद् पाँच हप्ता निलम्बन गर्ने निर्णय गरेका थिए। उनले महारानीको भाषणमार्फत् आफ्नो नीति सामुन्ने राख्ने बताएका थिए। 

तर यो विवादमा बेलायतको सर्वोच्च अदालतले संसदको कर्तव्यपालनबाट रोक लगाउनु गलत भएको भनेको छ । सर्वोच्च अदालतकी अध्यक्ष लेडी हालेले भनिन्, ‘प्रधानमन्त्रीको यो निर्णयले लोकतन्त्रको आधारभूत ढाँचामा खास प्रभाव पार्ने देखिन्छ।’

सर्वोच्चमा ११ न्यायाधीश संलग्न इजलासले एकमत फैसला गर्दै संसद निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णय गैरकानुनी ठहर गरेको हो। सर्वोच्चको यो फैसलापछि अब संसद निलम्बन हुने छैन । लेडी हालेले भनिन्, अब हाउस अफ कमन्स र लर्डस्‍का सभामुखको आगामी कदमको बारेमा निर्णय गर्न पनि सर्वोच्चले निर्देश गरेको उनले बताइन् ।

‘महारानीको संसद निलम्बन गर्ने सल्लाह दिने निर्णय गैरकानुनी थियो,’ सर्वोच्चको फैसला उद्धृत गर्दै लेडी हालेले भनिन् ‘किनकी यसको प्रभाव निरासाजनक थियो, यो औचित्यबिहीन थियो। संसदले संवैधानिक कामकाज गर्नेमा यसले रोकिन सही हुन सक्दैन ।

कमन्सका सभामुख जोन बर्कोले सर्वोच्चको फैसला स्वागत गरेका छन्। अब कुनै ढिलाई नगरी संसद बोलाइने उनको भनाई छ।
यसैगरी प्रधानमन्त्री जोनसनको कार्यालयले भने सर्वोच्चको फैसला अध्ययन गरिरहेको बताएको छ । केही सांसदहरुले प्रधानमन्त्री जोनसनको राजीनामा समेत माग्दै आएकाले उनी थप अप्ठारोमा परेका छन् ।

बेलायतको सर्वोच्चमा दुई अपिल परेका थिए । एक अपील कानुन व्यवसायी र अभियन्ता जीना मिलरले संयुक्त हालेका थिए भने अर्को उनीहरुको विपक्षमा सरकारी पक्षले हालेको थियो । सर्वोच्चले गत साता तीन दिन सुनुवाई गर्दै मंगलबार यस्तो फैसला सुनाएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...