‘मान्छे मार्न पाइदैन’ भन्दै सोती घटनाविरुद्ध काठमाडौंमा प्रदर्शन

Dalit pradarsan 9

काठमाडौं । रुकुम पश्चिमको सोतीमा ६ जना युवाको ज्यान जानेगरी भएको नरसंहार र देशभर भएका जातीय विभेदको घटनाको काठमाडौंमा शुक्रबार प्रदर्शन भएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा रुकुम पश्चिमको सोतीमा भएको घटना लगायत देशभरी भएका जातीय हत्या र विभेदविरुद्ध शुक्रबार माइतीघरदेखि बानेश्वर सम्म विरोध र्‍यालीसमेत निकालिएको थियो ।

गत जेठ १० गते भएका रुकुम घटनाका दोशी, रुपन्देहीकी अंगिरा पासीको हत्या, गत जेठ २७ गते प्रहरी हिरासतभित्र मृत भेटिएका शम्भु सदाको घटना लगायत देशभरी घटेका जातीय विभेदका घटनाविरुद्ध प्रदर्शन गरिएको हो । त्यसयता देशभर विरोध प्रदर्शन हुँदै आएको छ ।

शुक्रबारको प्रदर्शनमा प्रदर्शनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा लगायतका विभिन्न पार्टीका नेताहरुले रुकुम घटनाका दोशीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए ।

प्रदर्शनकारीहरुले ‘विभेदकारी सरकार खवरदार’, ‘सोती घटनाका दोषिलाई कारवाही गर’, ‘मान्छे मार्न पाइदैन’, ‘पीडितलाई न्याय दे’, ‘हत्या, हिंसा र बलात्कार बन्द गर’ लगायतका नारा लगाएका थिए ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले सो घटनाका विरुद्ध चरणबद्ध आनेलन गर्दै आएको छ । यो तेस्रो चरणको विरोध कार्यक्रम हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...