१४ वर्षिय बालिका बलात्कारको आरोपमा प्रिन्सिपलविरुद्ध उजुरी दर्ता

Rape 9tjxmah17k 7

काठमाडौँ । १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा निजी स्कुलका एक प्रिन्सिपल विरुद्ध उजुरी दर्ता भएको छ । सल्यानको बागचौर नगरपालिकामा रहेको एक बोर्डिङ स्कुलका प्रिन्सिपलले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको पिडितको आरोप छ ।

पीडित परिवारले बागचौरमा रहेको एक निजी स्कुलका प्रिन्सिपल ३६ वर्षीय रामचन्द्र केसीले बलात्कार गरेको भन्दै  इलाका प्रहरी कार्यालय थारमारेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

बालिकालाई ५ दिनदेखि निरन्तर रक्तश्राव भइरहेपछि पीडितका आफन्तले घटनाबारे थाहा पाएका हुन् । घटना परिवारले थाहा पाएपछि आरोपित व्यक्ति फरार रहेका छन् । उनको खोजि भइरहेको डीएसपी खतिवडाले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...