मास्क नलगाए तीन महिना श्रम कैद बस्नुपर्ने

North korea face mask z8sywdnr0r

एजेन्सी । मास्कलाई अनिवार्य दिएको उत्तर कोरियाले मास्क नलगाएमा तीन महिना श्रम कैद सजाय तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएको छ । आफ्नो देशमा अहिलेसम्म कोरोना भाइरस प्रवेश नगरेको बताइरहेको देशले मास्क  अनिवार्य गरेको हो ।

यदि कोही मास्क नलगाइ सार्वजनिक ठाउँमा निस्किएमा उसलाई पक्राउ गरेर तीन महिना श्रम कैद राख्ने व्यवस्था गरेको डेलीमेलले जनाएको छ ।   मास्क लगाए नलगाएको हेर्नको लागि विद्यार्थीहरुको टोली खटाउने तयारी थालेको पनि खबरमा उल्लेख छ । उत्तर कोरियाले यसअघि नै समूहमा बस्न रोक लगाउँदै सीमा क्षेत्रका मानिसहरु अरुभन्दा अलग बस्नुपर्ने नियम लागू गरिसकेको छ ।

कोरोना प्रभावित चीन र दक्षिण कोरियाको सीमामा रहेको उत्तर कोरियाले आफूलाई कोरोनामुक्त क्षेत्र घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तर कोरियामा अहिलेसम्म नौ सय २२ जनाको परीक्षण गरिएकोमा कसैमा पनि सङ्क्रमण देखिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी घोषणा गरेको यो भाइरस विश्वका सीमित ठाउँमा मात्र पुग्न बाँकी रहेको सङ्गठनले जनाएको छ ।
 
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...