गन्धर्व परिवारलाई लेष्ट क्लिन अफ नेपालले दियो राहत

Dang help news

दाङ । लेष्ट क्लिन अफ नेपाल (नेपाल सफा राखौं) नामको सामाजिक संस्थाले दाङका गन्धर्व समुदायका १५ परिवारलाई खाद्यन्न वितरण गरेको छ ।

घोराही उपमहानगरपालिका—११ स्थित स्थानीय क्लवको सहकार्यमा संस्थाले एक महिना पुग्ने खाद्यन्न सामाग्री उपलव्ध गराएको थियो ।

कोरोना भाइरसको जोखिम कम गर्न जारी लकडाउनले प्रभावित गन्धर्व समुदायका विपन्न परिवारलाई ३० किलो चामल, दाल, तेल, नुन, चिनी र सावुन उपलव्ध गराएको हो ।

संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पुर्खौली पेशा गर्ने गन्धर्व समुदायका १५ परिवारलाई राहत स्वरुप सहयोग गरिएको बताए । उनले दाङसहित काठमाडौंका विभिन्न स्थानहरु, सिन्धुपाल्चोक तथा चितवन जिल्लामा रहेका चेपाङ समुदायलाई लकडाउनका बीचमा राहत उपलव्ध गराएको बताए ।

मुख्य तया सगरमाथा लगायतका विभिन्न हिमालहरु सरसफाई गर्दै आएको संस्थाले कोरोना भाइरसको जोखिम कम गर्न गरिएको लकडाउनमा अति विपन्न मजदुर, गर्भवती, सडक बालबालिका लगायतलाई राहत उपलव्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...