भिसा लिन झुटो विवरण दिएको अभियोगमा अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ

Usa or china

काठमाडौँ । भिसा लिने क्रममा झुटो विवरण प्रस्तुत गरेको अभियोगमा अमेरिकाले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ सुरक्षा निकायसँगको सम्बद्धताबारे भिसा लिने क्रममा झुट बोलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । भिसा लिने चार जनामध्ये एक जनाको खोजी भइरहेको संघीय अनुसन्धान व्युरो (एफबीआई) ले जनाएको छ ।

चौथो व्यक्ति सन फ्रान्सेस्को स्थित चिनियाँ वाणिज्य दूतावासमा रहेको दाबी गरिएको छ । चिनियाँ सैनिकसँग अघोषित सम्बन्ध रहेको आशंकामा एफबीआईले अमेरिकाका २५ शहरका अरु मानिसहरुबारे पनि सोधपुछ गरेको छ ।

आर्मीका वैज्ञानिकहरुलाई अमेरिका पठाउने अभियान अन्तर्गत चीनले उनीहरुलाई सैन्य सम्बद्धताबारे जानकारी नखुलाई भिसा लिन लगाएको अमेरिकी अधिकारीको दाबी छ ।

चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) का सदस्यहरुले आफ्नो वास्तविकत सम्बद्धता नखुलाई अनुसन्धान भिसाका लागि निवेदन दिएको अमेरिकाको न्याय विभागका न्यायाधीवक्ता जोन सी डेमेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले बुधबार ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि ७२ घण्टाको अल्टिमेटमसमेत दिइसकेको छ । यसले दुइ मुलुकबीचको सम्बन्धमा अझ बढी तनाव चुलिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...