सितापाइलामा एसिड प्रहार भएकी युवती हायात होटलकी कर्मचारी

1 20191103111728

काठमाडौँ । बिहीबार साँझ राजधानीको सीतापाइलामा एसिड प्रहार भएकी युवती हायात होटलको कर्मचारी रहेको खुलेको छ ।

हायात होेटलको अकाउन्ट सेक्सनमा काम गरिरहेको र उनी लकडाउनपछि कोठामै बसिरहेको काठमाडौँ प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । 

साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी  २२ वर्षीया पवित्रा कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ।

अस्पतालमा पुगेर युवतीको अवस्थाबारे जानकारी लिएका ज्ञवालीको अनुसार उनी आफन्तसँग बस्दै आएकी थिइन्। युवतीले कसैमाथी शंका नगरेको बताए। एसिडले  युवतीको अनुहार र हातमा जलन भएको छ। एसिड प्रहार गर्नेको पहिचान खुल्न सकेको छैन। खोजी भइरहेको प्रहरीले जनाएको छ।


 

 
 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...