दैलेखमा समुदायमा कोरोना संक्रमण फैलिएपछि अनिश्चितकालीन निशेधाज्ञा जारी

Dailekh thatikadh

दैलेख । सरकारले लकडाउन खोलेकै दिन दैलेखमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएपछि ठाटीकाँध गाउँपालिकामा निशेधाज्ञा जारी भएको छ ।

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालिन निशेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलद्धारा जारी विज्ञप्तीमा बिहीबारदेखि गाउँपालिकामा प्रवेश गर्न सबै नाकाहरु अनिश्चितकालका लागि पूर्णरुपमा बन्द गरिएको उल्लेख गरिएको छ ।

जिल्लाभर संक्रमितमध्ये ५२ महिलासहित सात सय ८५ जना कोरोना जीतेर घर फर्किइसकेका छन् । पहिलोपटक जिल्लाको ठाटीकाँध गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको हो । गाउँपालिकाका ७३ जना समुदायस्तरका नागरिकको स्वाब संकलन गरी परीक्षण गर्दा १६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

बुधबार १६ जनामा कोरोना पुष्टि भएको हो । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ८ सय ३४ जना पुगेको छ ।

हाल जिल्लाभर ४९ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...