सिमसार क्षेत्रमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर झापामा ३ को मृत्यु

Jhapa news pokhari

झापा । खाल्डोमा जमेको पानीमा डुबेर झापाको भद्रपुर नगरपालिका– २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १२ र १४ वर्षका करण र अर्जुन थामी खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । बुधबार दिउँसो तीनै जना बालक कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा गएका थिए ।

निर्माण कम्पनीले जथाभावी खाल्डो खनेर छाडेका कारण दुर्घटना भएको भन्दै मृतकका परिवार र स्थानीयवासीले नगरपालिका र निर्माण कम्पनीप्रति आक्रोश पोखेका छन् ।

घरमा कसैलाई नभनी गएका तीन जना बालक अबेरसम्म घर फर्किएका थिएनन् । खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजे तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । उनीहरुको शव बिहीबार बिहान त्यही पोखरीबाट फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...