श्रीमती हत्या अभियोगमा जेल जिवन बिताइरहेका सशस्त्रका पूर्व डीआईजी रन्जन कोइराला जेलमुक्त

7869798

काठमाडौं ।  श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्व डिआईजी रन्जन कोइराला जेल मुक्त भएका छन् । डिल्लीबजार कारागारमा रहेका पूर्व डीआईजी कोइराला आज बिहीबार बिहान ११ बजे जेलमुक्त भएका हुन् ।

सर्वोच्च अदालतले असार १५ मा उनको सजाय घटाउने फैसला गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

सर्वस्वसहित जन्मकैद अर्थात २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो । तर, उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...