कास्कीले पायो ‘पुष्पराज कर्णिकार रनिङ शिल्ड’  

Kaski news

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले यस वर्षको ‘पुष्पराज कर्णिकार रनिङ शिल्ड’ कास्की शाखालाई प्रदान गरेको छ ।

संस्थाको ३७ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालले सो रनिङ शिल्ड कास्की शाखा सभापति रामचन्द्र थापा र कार्यसमिति सदस्यहरूलाई प्रदान गरे । क्यान्सर रोग निवारणका लागि उत्कृष्ठ काम गरेवापत प्रत्येक वर्ष एउटा जिल्लालाई सो शिल्ड प्रदान गर्ने गरिन्छ ।

त्यसैगरी यस वर्षको सानोछोरी शाक्य क्यान्सर सेवा पदक प्राविधिकतर्फ क्यान्सर विशेषज्ञ डा. रस्मी पुन र समाजसेवातर्फ समाजसेवी रती श्रेष्ठलाई प्रदान गरिएको छ ।

३७औ बार्षिकोत्सव समारोहमा प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, पूर्व उद्योग वाणिज्य मन्त्री महेश बस्नेत लगायतको उपस्थिति थियो ।

सो वार्षिकोत्सव संस्थाका अध्यक्ष अध्यक्ष लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ को सभापतित्वमा भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज शुक्रबारको राशीफल

Rasifal 1 12

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई ...