थवाङलाई चिनाउने अग्रज कम्युनिस्ट नेता बर्मन बुढाको निधनले शोकमा डुब्यो रोल्पा

Barman buda

काठमाडौँ । अग्रज कम्युनिस्ट नेता पूर्वसांसद बर्मन बुढाको निधन भएको छ । बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको निधन भएको छ । ९० वर्षका उनी क्यान्सर रोगबाट पीडित थिए । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो ।

२०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र उनले त्यो बेला रोल्पाबाट चुनाव जितेका थिए । लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका थिए ।

बुडाको निधन भएपछि उनको जन्मभूमी रोल्पाको थबाङ शोकमा डुबेको छ । पारिवारिक खबर तथा सामाजिक सञ्जालमार्फत बुढाको निधनको खबर गाउँमा पुगेपछि थबाङ शोकमा छ ।

त्यहाँका मानिसहरु विहानैदेखि बर्मन बुढाको घरमा जम्मा भइरहेका छन् । थबाङले आज आफ्नो अभिभावक गुमाएको छ, आदरणीय बर्मान बुढाको निधनले थबाङ अहिले पुरै शोकमा छ ।

बुढा रोल्पाको पहिलो कम्युनिस्ट सदस्य हुन् । उनलाई मोहनविक्रम सिंहले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए । बुढा पञ्चायतमा प्रधानपञ्च थिए, तर जनमत संग्रहको क्रममा उनको नेतृत्वमा थबाङले भोट बहुदलको पक्षमा हाल्यो । उनलाई तेजमान घर्ती, सूर्यलाल बुढाजस्ता युवाहरुले साथ दिएका थिए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाली नेता बर्मन बुढाको असामयिक निधनले मर्माहत बनेको बताएका छन् । एक शोक वक्तव्य निकालेर प्रचण्डले नेपाली मुक्तिकामी आन्दोलनका अविचलति र अथक योद्धा बुढाको रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको स्मरण गरेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महराले पूर्व सांसद बर्मन बुढामगरको निधनमा दुःख व्यक्त गरेका छन् । महराले बुधबार विहान शोक वक्तव्य जारी गर्दै पूर्व सांसद बुढालाई एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वको रुपमा सधैँ स्मरण गरिरहने बताएका छन् ।

२०४८ सालमा महरा र बुढा तत्कालिन संयुक्त जनमोर्चाको नेपालको तर्फबाट रोल्पाबाट चुनावमा भाग लिएका थिए । क्षेत्र नं। २ बाट उम्मेदवार बनेका महरा र क्षेत्र नं. १ बाट उम्मेदवार बनेका बुढा दुवैजना विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...