आफ्ना बुवाको हत्या गर्ने दुई तालिबान लडाकु मारेर चर्चित बनेकी अफगान किशोरी

 113569533 53495687

अफगानिस्तान । गत साता आफ्ना अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी समाजिक सञ्जालमा चर्चित बनेकी छन् । अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके ४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन् । उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए । किशोरीका बुवा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको अधिकारीहरूको भनाइ छ ।

कलिलो उमेर पछिल्ला दिनहरूमा राइफल समातेको युवतीको फोटो भाइरल भएको छ । उक्त घटनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आक्रमण गर्न थप लडाकु पुगेका थिए । तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आक्रमणमा परेका थिए।अधिकारीहरूले किशोरी १४ देखि १६ वर्ष उमेरको हुनसक्ने ठानिएको र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको बताएका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले किशोरीको प्रशंसा गरेका छन् ।

साहसलाई सलाम समाचारसंस्था एएफपीका अनुसार नजिबा रह्मीले फेसबुकमा लेखेकी छन्, उनको हिम्मतलाई सलाम छ । फेसबुकमै मोहमद सलेहले टिप्पणी गरेका छन्, हामीलाई थाहा छ, अभिभावक गुमाउनुको वियोग अपूरणीय हुन्छ, तर तिमीले लिएको बदलाले तुलनात्मक रूपमा शान्ति दिनेछ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घोर पश्चिमी अफगानिस्तानको निकै अविकसित प्रान्त हो । त्यहाँ महिलाविरुद्धको हिंसा निकै उच्च छ । तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो । तर उसका कैयौँ सदस्यहरूले अझै पनि अफगानिस्तानको वर्तमान सरकार र संविधानको अन्त्य गर्न आग्रह जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...