सर्पले टोक्दा शारीरिक अपांगता भएका एक जनाको मृत्यु

Sanek

काठमाडौं । महोत्तरीमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगहा नगरपालिका ५ सिद्धपुरका ४५ वर्षीय शम्भु माझी रहेका छन् । उनको बुधबार बिहान सर्पले टोकेर मृत्यु भएको हो ।

शारीरिक अपांगता भएका शम्भुलाई मंगलबार राति घरमै सुतेको बेला सर्पले टोकेको बताइएको छ। सर्पले टोकेपछि उनलाई सर्पदंश उपचार केन्द्र बन्दिपुर लगिएकोमा मृत्यु भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस