कोरोनालाई जितेपछि अस्पतालको बेडमै बियर पार्टी

Corona jetypaxi

न्युर्योक । कोरोना महामारीले बिश्वलाई आक्रान्त पारी रहेको बेला बिश्वमा अनौठा खालका घटनाहरु भइरहेको छ । कोरोना महामारीले के बुढा के बुढी सबैलाई आक्रमण गरीरहेको छ ।

अमेरिकाको म्यासाच्युसेटमा एउटा अनौठो घटना घटेको छ । बिश्वमा सबै भन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भेटिएका छन । म्यासाच्युसेट निवासी एक १सय ३ बर्षकी बृद्धालाई कोरोनाले आक्रमण गर्यो ।

लामो समय अस्पतालमा भर्ना गरिएकी ती बृद्धाले कोरोनालाई जितेपछि उनले खुशियाली मनाउने बिचारपनि गरिन । आफुमा कोरोना संक्रमण नभएको भन्ने चिकित्सकको कुरा सुनेपछि खुशी भएकी ती बृद्धाले अस्पतालको बेडमै चियो बियर मगाएर खाईन ।

उनको सेवामा खटिएका अस्पतालका स्टाफहरुले उनको इच्छा सुनेपछि आफैले चिसो बियर किनेर अस्पतालको बेडमा नै खाने ब्यवस्था मिलाएका थिए । उनले बियर पिएको फोटो अहिले सामाजिक संजालमा भाइरल नै भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...