सुर्खेत शाखाले पायो ‘दुर्गा बहादुर श्रेष्ठ स्मृति’ पुरस्कार

Canser news

काठमाडौं । नेपालमा क्यान्सर रोगका निवारणका लागि क्रियाशील नेपाल अर्बुद रोग निवारण संस्थाले यस वर्षको ‘दुर्गा बहादुर श्रेष्ठ स्मृति’ उत्कृष्ट पदक’ शाखाका रुपमा सुर्खेतलाई प्रदान गरेको छ ।

संस्थाको ३७औं वार्षिकोत्सवको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालले सो पदक प्रदान गरे । केही दिनअघि संस्थाको केन्द्रीय कार्य समितिको बैठकबाट यस वर्ष २०७६ मा प्रदान गरिने ‘दुर्गाबहादुर श्रेष्ठ स्मृति पदक’ उत्कृष्ट शाखा सभापति पदक’ सुर्खेत शाखाकी सभापति तेजकुमारी जिसीलाई प्रदान गरिने निर्णय गरेको थियो ।

क्यान्सर रोग निवारणका लागि जिल्ला शाखा सभापति हरू माध्यमबाट क्यान्सरको क्षेत्रमा उल्लेखनीय कार्य गरी क्यान्सर रोग नियन्त्रणमा पुर्याएको अतुलनीय कार्यको कदर गर्दै सो पदक प्रदान गर्ने गरिएको संस्थाका केन्द्रीय उपाध्यक्ष महेश श्रेष्ठ बताउँछन् ।

३७औ बार्षिकोत्सव समारोहमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, पूर्व उद्योग वाणिज्य मन्त्री महेश बस्नेत लगायतको उपस्थिति थियो । सो कार्यक्रम संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ को सभापतित्वमा भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...