सरकारी काममा हिडेका यी दुई कर्मचारी, जसको तस्विर भाइरल बनेको छ

Virule foto

काठमाडौं । प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको सरकारी मोटरसाइकल, जुन धादिङस्थित गल्छी गाउँपालिकाको हो । यो मोटरसाइकल केही हप्तायता चर्चाको विषय बनेको छ । रोचक कुरा त यसमा सवार यात्रुको ड्रेसअप त झनै भाइरल बनेको छ ।

सो मोटरसाइकलमा सवार पुरुष र महिला सोही गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव–इन्जिनियर हुन् । केही महिनाअघि मात्रै जागिर सुरु गरेका उनीहरु प्रशासनिक कामले काठमाडौं आएका बखत मोटरसाइकलमा सँगै हिँडेका थिए ।

उनीहरु सिट रोल (सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर) को कामले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर गत बिहीबार काठमाडौं आएका थिए । त्यही बेला बबरमहलस्थित निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट तस्वीर खिचेको थियो ।

तस्वीर कसले खिचेको हो भन्ने खुलेको छैन । तर, यसलाई भाइरल गराउने काम चाहिँ पूर्वसचिव भीम उपाध्यायले गरेका थिए । एक लाखभन्दा बढी फलोअर्स भएका उपाध्यायले ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै तस्वीर पोष्ट गरेको केहीबेरमै फेसबुकभरि फैलिएको थियो ।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको सो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् ।

यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार पो हुन् कि ? उनीहरु कुनै विशेषखालको परिस्थितिमा हिँडेका थिए कि ? सामाजिक सञ्जालमा यस्तै परिचर्चा भइरहेका छन् ।

तस्वीर भाइरल भएपछि महिला कर्मचारी आहत बनेकी छन् ।

प्रतिकृया दिनुहोस