बाढीले राजधानीमै मच्चायो उधुम : सुकुम्बासी बस्तीमा पस्यो बाढी

Rajdhani ma badhi

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेको छ । यो रेखा जति नजिक आउँछ उति वर्षा बढ्ने भएकाले अब कम्तीमा तीन देशभर वर्षा व्यापक हुनेछ ।

यस वर्षको वर्षा सुरु भएदेखि नै काठमाडौँका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ । मौसम विज्ञहरुका अनुसार यस्तै वर्षा थप केही दिनसम्म निरन्तर भएमा राजधानी पनि बाढीको चपेटामा पर्नेछ । पछिल्ला वर्षमा बाढीले गर्दा काठमाडौँ लगायत विकसित सहरमा पनि जनजीवन प्रभावित पार्ने गरेको छ ।

मौसमविद्का अनुसार यो रेखा आइतबार राति नेपालतर्फ सरेको हो । मनसुन शनिबारदेखि पुनः सक्रिय रहेका कारण देशभर वर्षा भइरहेको छ । वाग्मती लगायतका उपत्यकाका नदीहरुमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु डुवानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिँदै भनेको छ, साउन ४ देखि ९ गतेसम्म देशैभरि भारी वर्षा हुन्छ ।

सोमबार परेको अविरल वर्षाका कारण काठमाडौंको थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्तीमा वाग्मती नदीको बाढी पसेको छ । भारी वर्षाका कारण बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमती लगायतका खोलामा पानीको वहाव बढेको छ । जसका कारण नदी छेऊका वस्ती डुबानमा छन् ।

बाग्मतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती जलमग्न भएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरु पनि डुवानमा परेका छन् ।

विरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ । हनुमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । घरमा बाढी पस्दा जमिनको सतह भन्दा करिब चारफिट माथि पानी आएको छ ।

ललितपुरको इमाडोलमा रहेको कृष्ण अस्पतालको भुइँतला बाढीका कारण डुबानमा छ । ललितपुरको महाङ्काल, ससिपा भन्ज्याङमा पहिरो गएको छ । र, चन्दनपुर, ठूलो दुर्लुङ जाने बाटो अबरुद्ध भएको महागरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

ललितपुरको इमाडोल क्षेत्रमा आएको बाढीका कारण किस्ट अस्पतालसमेत डुवानमा परेको छ । नयाँ गाउँ र टाकुर्चेमा पहिरो जाँदा भट्टडाँडाबाट आश्राङ गिम्दी जाने बाटो पनि अबरुद्ध भएको छ ।

काठमाडौंको थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्तीमा वाग्मती नदीको बाढी पसेको छ । बाढीले यहाँका ६० भन्दा बढी घरहरु प्रभावित भएका छन् । बाढीले यहाँका ६० भन्दा बढी घरहरु प्रभावित भएका छन् । केही दिनको लगातारको वर्षाले काठमाडौं उपत्यकाको वाग्मती नदीमा बढेको बाढी नदी छेउका सुकुम्बासी बस्तीमा पस्न थालेको छ ।

सोमबार बाग्मती नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ । भान्छाघर र ओछ्यानसमेत जलमग्न बनेपछि मानिसहरु बिचल्लीमा परेका छन् । बढ्दो शहरीकरणका कारण नदीहरु साँघुरिँदै जाँदा उपत्यकामा हरेक वर्ष बाढीले क्षति पुर्‍याउने गरेको छ । गत वर्ष बल्खु, कलंकी लगायतका क्षेत्रमा पनि बाढीले यसैगरी क्षति पुर्‍याएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...