खुल्ने भयो आन्तरिक र अन्तर्राष्ट्रिय उडान, यस्तो छ कार्यतालिका

Hwai sewa

काठमाडौं । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ने भएको छ । त्यसका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने तयारी गरेको छ ।

चैत ११ गतेदेखि सरकारले चार्टड उडान बाहेकका सबै हवाई सेवा बन्द गरेको छ । कोरोनाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भए पनि अलपत्र परेका नेपालीको उद्धारमा भने चार्टर विमान प्रयोग भएको थियो । त्योबाहेक कुनै पनि प्रकारका उडान भएको छैन ।

संस्कृति पर्यटन मन्त्रालयले साउन २१ गतदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ । उडानको अन्तिम टुंगो भने अब बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउनेछ ।

विमानस्थल खुलाउनुअघि सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले तयार गरेको छ । कोरोनाबाट बच्‍न एक व्यक्तिबाट अर्को व्यक्तिको दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म लगायतका व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न पाउने छैनन् ।

व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेर आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...