निकुन्जले घर भत्काइदिँदा चेपाङ समुदायमा विचल्नीमा

Chitwan park

भरतपुर । चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काइदिएपछि चेपाङ सुमदायको विचल्ली भएको छ ।

माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्दै आएका थिए । अविरल वर्षाको बेला निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै उनीहरुका घर भत्काइदिएपछि उनीहरुको विचल्नी भएको हो ।

माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालका अनुसार चेपाङ समुदायका लत्ताकपडा, भाँडाकुँडा, दुःख गरेर कमाएको केही रकमसमेत पूर्णरुपमा नष्ट भएको छ । निकुञ्जले आठ वटा घर भत्काइएको छ भने दुईवटा घरमा आगजनी गरेको उनले बताए ।

माडी नगरपालिकाका मेयर ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सुकुम्वासी चेपाङ वस्तीलाई स्थानान्तरण गरी व्यवस्थापन गर्ने गरी थालेको कार्यमा समेत अवरोध पुर्याउने, लामो समयदेखि वस्दै आएको सुकुम्वासी वस्तीमा उपयुक्त अर्को विकल्प विनै हस्तक्षेप गर्ने गर्ने निकुन्ज प्रशासनको निन्दीय कार्यप्रति क्षोब व्यक्त गर्दै घरबारविहीन बनाइएका ती सुकुम्वासी चेपाङहरुको उचित व्यवस्थापनका लागि तत्काल ध्यानाकर्षण होस् भनी नेपाल सरकारसँग अनुरोध गर्दछु ।’

स्थानीय सरकार वा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी निकुन्ज प्रशासनले चेपाङ समुदायको घर भत्काइदिएको र आगजनी गरेको भन्दै माडी नगरपालिकाले भत्र्सना गरेको छ । साथै चेपाङहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

 
 

प्रतिकृया दिनुहोस