ट्वीटरमा प्रचण्डका विश्वास पात्र शर्माले भने, आफुलाई पदको लोभ छैन

Janardan sharma

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फसेको धेरै भइसक्यो । पार्टीभित्रका विवादको कारणको कारणले असार १० गतेबाट चलेको स्थायी कमिटी बैठक ७ पटक स्थगित भइसकेको छ । फेरि साउन ६ गतेको लागि बैठक बोलाइएको छ ।

पार्टी अध्यक्षबीच राम्रोसँग संवाद नहुँदा र अविश्वास पैदा हुँदा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै वार्ताका बेला साक्षी राख्ने गरेका छन् । पूर्व माओवादी खेमाबाट अर्थात् प्रचण्डका साक्षी हुन् जनार्दन शर्मा । दुई अध्यक्ष बीचको वार्तामा ओलीका विश्वास पात्रको रुपमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य शर्मा सधैं सहभागी बन्ने गर्छन् ।

तर, शनिबार राष्ट्रपति निवास शितल निवासमा प्रचण्डलाई षडयन्त्रमुलक ढंगले पु¥याएको सार्वजनिक भएपछि प्रचण्ड नै शर्मासँग त्रसित बनेका छन् । आइतबार खुमलटार बैठकमा प्रचण्डले आफुलाई फसाइएको बताएपछि शर्मा आफु गृहमन्त्री बन्ने दाउँमा रहेको सार्वजनिक पनि भयो । तर शर्माले आफुलाई गृहमन्त्री बन्ने कुनै चाहना नरहेको स्पष्टिकरण दिएका छन् ।

आन्तरिक विवादमा आफ्नो नाम जोडिएपछि स्थायी समिति सदस्य जनार्दन शर्माले आफुलाई पदको लोभ नभएको स्पष्टिकरण दिएका छन् । सोमबार बिहान ९ बजेर ९ मिनेट मा सामाजिक सञ्जालमा ट्वीटरमा स्टाटस राख्दै शर्माले आफूले गृहमन्त्री नताकेको प्रष्ट पारेका हुन् ।

‘पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु’ उनले भनेका छन्, ‘कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु ।’

पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै शर्माले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन पनि अपिल गरेका छन् । नेकपाकै स्थायी कमिटी सदस्यहरुले शर्माले आफू गृहमन्त्री बन्नका लागि चाहिँदो भन्दा धेरै सक्रियता देखाएको आरोप लागेको छ ।

आइतबार बिहान प्रचण्डले निवासमा प्रष्टिकरण दिने क्रममा पनि शर्मालेसमेत आफूलाई कुनै जानकारी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस